चेत बहादुर थापा (प्रविन)
पोखरा ( पोखराको सृजनाचोकमा डेरा गरी बस्ने तनहुँ घर भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । तनहुँको भिमाद घर भइ कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोकमा डेरा गरी बस्ने शान्ती माया राना मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ६५ र ७० वर्षीय राना डेराबाट २(३ दिनदेखि बाहिर ननिस्किए पछि झ्यालबाट भित्र हेर्दा चुक्कुल लगाइ कोठाको बिस्तारामा झुलभित्र मृत अवस्थामा शव देखिएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।बन्धिपरमा मिनी गे्रडवाल आकर्षण बढ्दै




