• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ४ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ४ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ४ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ४ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

२ दशकदेखि एकयुवा पोखरा महानगरपालिका धाइरहेका छन् किन ? कथा सहित

  •  संवाददाता
  • शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    Advertisement

    भिरिरहेको झोला जहाँ कागजपत्रबाहेक केही थिएन  पोखरा महानगरपालिका गेट नजिकै उभिइरहेका पोखरा १३ का गोविन्द विक । उनी यसरी महानगरपालिका धाउन लागेको २ दशक पुगिसकेछ ।

    प्रत्येक वर्ष यसरी नै नगरपालिका धाउने गरेको उनले सुनाए । त्यसको कारण के हो त रु विकले गुत्थी खोले । नेपाल हुँदा उनी ठेकेदार थिए । उनको नाममा सञ्चालित कमल पोखरी निर्माण सेवा प्रालिले तत्कालिन पोखरा उपमहानगरपालिकासँग समन्वयमा काम गरेको थियो । त्यसबेला उपमहानगरपालिकाको वातावरण्ीय सुधार आयोजनाले उनको कम्पनीलाई फेवाताल संरक्षणको जिम्मेवारी दिएको थियो ।

    विक र उपमहानगरपालिकाबीच १४ मार्च २००१ मा सम्झौता भएको थियो । विकको कम्पनीले आर्थिक वर्ष २०५९र६० को असार मसान्तमै काम सकेको थियो । ‘फेवाताल संरक्षणसम्बन्धी विभिन्न ठाउँमा चेकड्याम बनाउने, ग्याबिन वाल लगाउने काम गरेको थिएँ,’ उनले भने, ‘अन्तिममा २३ लाख ३८ हजारको भेरिएसन एप्रुभ भयो । असार मसान्तभित्र भुक्तानी हुन्छ भन्थे, तर अहिलेसम्म भएको छैन ।’

    २०६७ सम्म उनले लगातार महानगरपालिकामा ताकेता गरे । तर उनलाई पैसा दिन्छौं भन्दै झुलाइयो । पछि आफूहरुसँग पैसाँ नभएको र मन्त्रालयले पैसा हालिदिए मात्र पाउने उत्तर उनलाई दिइयो । कामका लागि उनले गरेको लगानी पनि उठेन । बाध्यताले उनी विदेश हानिए । ‘भुक्तानी नपाएपछि मैले लगानी गरेको पैसा, ब्याज तिर्न म हङकङ गएँ । अरुको पैसा त फिर्ता गरिदिनुपथ्र्यो,’ उनी भन्छन् ।

    उनले ठेक्का सम्झौता गर्दा पोखरा उपमहानगरपालिकाका मेयर अहिलेका गण्डकी प्रदेश सांसद कृष्ण थापा थिए । अहिले महानगरका प्रमुख फेरिइसकेका छन्, बीचमा कार्यकारी अधिकृतहरुको पनि फेरबदल भइ नै रह्यो । तर विकले पाउनुपर्ने भुक्तानी अझै पाउन सकेका छैनन् । ‘धेरै ताकेता गरें, धेरै मेयर आए, कार्यकारी आए । अझै दिने छाँट छैन,’ उनले भने ।

    उनी हरेक वर्ष नेपाल आउँछन् । काम बन्ने आशामा दिनदिनै महानगरपालिका धाउँछन् । तर उनको काम बन्दैन, अनि विदेश नै फर्कनुपर्छ । महानगरले भुक्तानी गर्नुपर्ने रकम दिन आनाकानी गरेपछि उनले सर्वोच्च अदालतमा रिट दिए ।

    महानगरले केन्द्रका मन्त्रालयले पैसा नपठाउँदा विकलाई दिन नसकेको भनेपछि विकले अर्थ मन्त्रालय, संघीय मन्त्रालय, पर्यटन मन्त्रालय र तत्कालीन पोखरा उपमहानगरपालिकालाई विपक्षी बनाएर रिट हालेका थिए । रिटमा सर्वोच्चले पोखरा महानरपालिकालाई के कसो भएको हो भनेर सोध्दा महानगरले मौनता साँधेको थियो ।

    अदालतले अरु विपक्षीका नाममा आदेश जारी गर्नुपर्ने नदेखिएको भन्दै खारेज गरिदियो । पछि अदालतले विकको पक्षमा फैसला गर्‍योे । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र बमकुमार श्रेष्ठको इजलासले २०७४ पुस १७ गते रकम भुक्तानी गर्न महानगरका नाममा परमादेश जारी गर्‍यो ।

    महानगरले भने परमादेश लत्याउँदै अहिलेसम्म पनि भुक्तानी गरेको छैन । महानगरले परमादेश पनि नमानेपछि विकले २०७६ माघ १६ गते अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दिए । पोखरा महानगर, मेयर मानबहादुर जिसी र लेखा शाखा प्रमुखलाई विपक्षी बनाएर उनले मुद्दा हालेका थिए । अहिले यो मुद्दा विचाराधीन छ ।

    महानगरपालिकाका पदाधिकारीले अहिले उनलाई मानहानिको मुद्दा फिर्ता लिए रकम भुक्तानी गरिदिने वाचा गरेको उनको दाबी छ । ‘मुद्दा फिर्ता लिए भुक्तानी दिन्छु भनेका छन्, तर लिखत दिन मान्दैनन्, मैले आर्थिक प्रशासन नियम अनुसार जरिवानासहित पैसा पाउनुपर्छ,’ उनले भने ।

    पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भने उक्त रकम केन्द्रले नै व्यहोर्नुपर्ने बताउँछन् । विकले काम गरेको आयोजनामा पालिकाले केबल समन्वय गरेको र आयोजना मन्त्रालयकै भएकाले आफूहरुले दिनु नपर्ने जिसीले बताए ।

    ‘त्यो काममा उपमहानगरले समन्वयमात्र गरेको हो, योजना मन्त्रालयकै थियो, मन्त्रालयले व्यहोर्नुपर्ने रकम हो त्यो,’ जिसीले भने, ‘हामीले महानगरपालिकामा पनि धेरै छलफल गरेको विषय हो, मुद्दा, मामिलामा नजानुस्, दिन सक्ने दिउँला भनेका हौं ।’

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.