भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन ।
शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।
यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ ।




