बस बहादुर शेर्पा (बसन्त)
पोखरा रङ्गशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अफिकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।शारीरिक रूपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै मच्छिन्द्रमाथि दबाब बनाइराख्यो ।
निकै प्रतिस्पर्धात्मक खेलको २३ औँ मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाएको अफ्रिकन रुट्स एशोसियसनलाई खेलको ८३ औँ मिनेटमा डिजोमोको क्रस पासमा एनजिमीले गोल गर्दै २–० गोलको अग्रतामा पु¥याएका थिए । बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । सोमबार मनाङ मस्र्याङदीले संकटा विरुद्ध खेल्ने छ ।




