काठमाडौँ स् नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका लागि यसपटक नौ जना दलित समूदायका पत्रकार चुनावमा होमिएका छन् । समावेशी दलित कोटामा सचिवसहित नौ जना पत्रकार चुनावी मैदानमा होमिएका हुन् । खुल्ला सदस्य पदमा पनि दलित समूदायका पत्रकारले उम्मेद्वारी दिएका छन् ।
खुल्ला सदस्यमा केशब भुलले उम्मेद्वारी दिएका छन् । महासंघको केन्द्रीय कार्यसमितिका लागि दलित सदस्यमा प्रकाश धौलाकोटी र करन ताम्राकारले उम्मेद्वारी दिएका छन् । दलित महिला सदस्यमा पवित्रा सुनार र राधा नेपालीको उम्मेद्वारी छ । सुनार क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष समेत हुन् ।
सचिव दलित कोटामा मधु शाही ९परियार० र हेमकर्ण विश्वकर्माको उम्मेद्वारी छ । शाही प्रेस चौतारीबाट निर्मला शर्मा नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेकी हुन् । विश्वकर्मा भने विपुल पोखरेल नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेका हुन् । दलित महिला सदस्यमा उम्मेद्वारी दिने शाहीले चुनाव जितेमा इतिहास रच्ने छिन् ।




