हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो ।
रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ । यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको छ, केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले भने।
नाइजेरियामा यसवर्ष कम्तीमा ५० जनाको मृत्यु
नाइजेरियामा यसवर्ष कम्तीमा ५० जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




