प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बसेर दल बदल गरेका छ जना मन्त्रीमध्ये चार जनाको सांसद पद नरहने गरी संसद सचिवालयमा पत्र दर्ता गर्न लागिएको स्रोतले बताएको छ । स्रोत भन्छ आइतबार नै दर्ता गर्ने भनिएको थियो । आज दर्ता गरेपछि सम्भवतः सभामुखले एक सातापछि मात्रै त्यसको कार्यान्वयन गर्नुहुनेछ । त्यसपछि चार जना मन्त्रीको सांसद पद सकिनेछ ।
शुरुमा पत्र दर्ता गर्ने र छ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले छ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ ।
दल बदल गरेका कारण सांसद पद चट् हुनेहरूमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट,ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र शहरी विकास मन्त्री प्रभु साह छन् । खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा तामाङलाई भने दल बदलको कुनै असर पर्ने छैन । किनभने उनीहरू सांसद नै होइनन् ।
शुरुमा पत्र दर्ता गर्ने र छ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले छ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ । जन आस्थाबाट साभार स




