पोखरा । नेपाल पुलिस क्लब पोखरामा जरी १९ औ आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विजेता थ्री स्टार क्लबलाई ४(० को नतिजामा पराजित गर्दै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बुद्ध बल तामाङले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १(० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल थप्न सफल हुदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
तेज तामाङले प्रहार गरेको फ्रि(किकलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इनमार्फत गोल गर्दै बुद्धले पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा थ्री स्टारको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसले ६७औं मिनेटमा तेजले गरेको गोलसँगै अग्रता २(० मा लम्ब्याएको थियो ।
त्यसको ६ मिनेट नबित्दै सुमन लामाले ७३औं मिनेटमा गरेको गोलसँगै पुलिसले अग्रता ३( ० मा पुर्याएको थियो । थ्री स्टारमाथि हाबी बनेको ६ पटकको आहा रारा गोल्ड कप च्याम्पियन पुलिसका लागि ८५औं मिनेटमा सौजन राई याख्खाले गोल गर्दै टोलीका लागि ४(० को जित सुनिश्चित गरे ।
जितसँगै पुलिसले सेमिफाइनलमा अफ्रिकन रूट एसोसिएसनसँग बिहीबार खेल्ने छ । भ्रमणकारी टोली अफ्रिकन रूट क्वार्टरफाइनलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई २(१ गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
बस बहादुर शेर्पा (बसन्त)




