पोखरा (सङ्कटा क्लब पहिलो पटक आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २(० ले हराउँदै सङ्कटा फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई २ ( ० गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार ९भोलि० हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।




