कलाकार मदनकृण श्रेष्ठले ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका क्याप्टेन वियोन्से फमासीसँग नयाँ गीत गाउने भएका छन्।
श्रेष्ठले फेसबुकमार्फत जानकारी दिदै लेखे, ‘हामीले गाएको गीत फुलबुट्टे सारीलाई वियोन्सेले पनि गाइन्। त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस गरिएको छ। अब, वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौं। वियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खै।’
राजनराज शिवाकोटीको शब्द तथा संगीतमा रहेको गीतमा शुरुमा मार्मिक लामाले स्वर भरेका थिए। फुलबुट्टे सारीको गीत थुप्रै भर्सनमा आए। जसमा मदनकृष्णले यो गीतमा लेजेन्डरी भर्सनमा स्वर दिएका थिए।
यो गीतलाई यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्से फमासीले पनि गाइन्। उनको स्वरले पनि लोकप्रियता हासिल गर्यो। गीत गाइसकेपछि मदनकृष्णले वियोन्से फमासीसँग भेट्ने इच्छा व्यक्त गरेका थिए। पछि उनीहरुको भेट समेत भएको थियो।
गीत कस्तो किसिमको छ भन्ने कुरा भने खुलाइएको छैन।




