सुर्खेत( माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको बताएका छन ।
सुर्खेतमा बिहीबार आयोजित कार्यक्रममा प्रचण्डल्ले परिवर्तनलाई संस्थागत नगरी प्रतिक्रान्तितिर लागेका ओलीलाई अबको विद्रोह महँगो पर्ने चेतावनी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेको भन्दै दाहालले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहकोे झण्डा उठाउनु पर्ने बताए ।




