पोखरा – नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई संघीय संसद सचिवालयले पदमुक्त गरिएको छ।
कैलाली-४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीलाई पदमुक्त गरेको पत्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा पढेर सुनाएका छन्।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चारै जनालाई पदमुक्तका लागि मंगलवार संसद सचिवालयमा पत्र दर्ता गराएका थिए। चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री छन्।




