नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।
आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताए । “आगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौँ”, उनले भने । उनका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।
काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर
काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




