पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा आज ‘शाही स्नान’ मा सहभागी भएका छन् । उनले भाग लिएको शाही स्नान यस वर्षको दोस्रो हो । कुम्भ मेलामा शाही स्नान निकै महत्वपूर्ण मानिन्छ ।
भारतमा कोरोना महामारी अनियन्त्रितरूपमा फैलिइहरँदा ठूलो भीडभाडसहित कुम्भमेला आयोजना भइरहेको छ ।
यो मेलालाई संसारभरकै धेरै मानिसहरू एकैचोटि भेला हुने स्थलका रूपमा प्रचारित गर्ने गरिएको थियो । यसपाली मेलामा आउनेहरूलाई पीसीआर टेस्ट अनिवार्य गरिएको छ ।




