यौन आक्रमणकारीबाट बच्न ३० फिट माथिको झ्यालबाट हाम्फाल्न बाध्य भएकी एक किशोरीलाई प्रहरीले सुपरहिरोले जस्तै बचाएका छन् । १८ वर्षकी ती किशोरीलाई १९ वर्षकी एक साथीकै सहयोगमा ३७ र २६ वर्षका २ पुरुषले बलात्कार गरेका थिए । रुसको अल्ताइ क्षेत्रको बर्नाउलमा ती किशोरी तीन तला माथिको झ्यालबाट हाम्फालेकी थिइन् ।
संयोगले ती किशोरी झ्यालमा जाँदा तल दुई पुलिस अधिकारीहरु सार्जेन्ट ओलेग कोरोब्किन र वारेन्ट अफिसर अलेक्जेन्डर बुदुसेभ थिए । त्यही बाटो कक्षामा जान लागेकी अर्की पुलिसकर्मी ओल्गा बेब्को पनि उनीहरुलाई सहयोग गर्न आइन् । उनीहरुले किशोरीलाई शान्त रहन आग्रह गर्दै थिए तर अचानक किशोरीले हाम्फालिन् । ती दुई पुरुष पुलिस अधिकारीले ती किशोरीहातमा थापेर भुइामा खस्नबाट बचाए ।




