पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सवारी साधन जाँच गर्ने क्रममा मंगलबार ६ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले सुराकीको आधारमा धादिङको गल्छी गाउँपालिका ८ गोगनपानीका २२ वर्षीय सानुकान्छा तामाङ्गलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको साथबाट ६ केजी गाँजा बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार तामाङलाई लागूऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।




