जिल्ला प्रशासन कार्यालय कर्मचारीसहितको टोली गुल्मीबाट नयाँ वर्ष मनाउन प्युठानको स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
बुधबार दुर्घटनामा परेर जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिनका लागि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज १ दिन प्रशासनका सम्पूर्ण कार्य बन्द गरिने र अन्य ४ दिन अत्यावश्यकबाहेकाका सबै काम बन्द गरिने निर्णय भएको जानकारी दिए ।




