भारतमा कोरोना भाइरसको कहर अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार एकै दिन झन्डै २ लाखजना पोेजेटिभ देखिएका हुन् ।
त्यस्तै, मृत्युको घटना पनि लगातार बढ्दैछ । भारतको स्वास्थ मन्त्रालयका अनुसार बुधबार अहिलेसम्मकै सर्वाधिक १ लाख ९९ हजार ५ सय ६९ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता यति ठूलो जनसंख्यामा एकैदिन संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । त्यस्तै, स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको छ । यता, निको हुनेको दर झरेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ ।
बुधबार एकै दिन झन्डै २ लाखजना पोेजेटिभ
बुधबार एकै दिन झन्डै २ लाखजना पोेजेटिभ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




