फोटो फिरीमको अपार सफलता पछि शिशिर भण्डारीले एक बर्स पछि फोटो फिरीम–२ ल्याएका छन्
भिडियो फोटो फिरीमको सिक्वेल रहेको छ
शिशिर भण्डारीको शब्द संगीत रहेको गीतमा प्रताप दास, रचना रिमाल र कुमार अभिको आवाज रहेको छ ।
भण्डारीकै निर्देशनमा बनेको गीतको भिडियोमा प्रेममा बिछोड ,त्याग र बिछोड पछिको मानसिक र शारीरिक सन्तुलन गुमाएको अवस्थालाई देखाउन खोजिएको छ ।
भिडियो फोटो फिरीमको सिक्वेल रहेको छ । भिडियोमा शिशिर भण्डारी ,रिस्ता बस्नेत ,जुना सुन्दास ,प्रकाश रामदाम ,बसन्त भण्डारी, श्रद्धा गौतम ,पुजा गौतम लगायतको अभिनय रहेको छ ।




