नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले चारवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालयका दश शिक्षक र ५ विद्यार्थीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरोना पुष्टि भएपछि नाकामा कडाइ, भीडभाडमा रोक, विद्यालय बन्दको चर्को दबाब परेको थियो ।बिहीबार बसेको डीसीसीएमसीको बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको छ । नेपालगन्जमा ह्वाइट हाउसमा आइसोलेसन सेन्टर सञ्चालन गरिने भएको छ ।
नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय
नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




