सन् २०१८ मा साताको ३० हजार पाउण्ड तलवमा अनुबन्ध भएका फोडेनको सिटीसँग सन् २०२४ सम्मको छ । तर अब सिटीले तलव तीन गुणा बढाएर सन् २०२६ सम्मका लागि नयाँ सम्झौता गर्ने तयारी गरेको छ ।
फोडेनमाथि यूरोपका ठूला क्लवको नजर पर्नुभन्दा अगाडी नै नयाँ सम्झौता गर्ने योजना बनाएको छ ।
फोडेनको प्रदर्शनमा सिटीका प्रशिक्षक पेप ग्वार्डियोला पनि निकै प्रभावित छन । च्याम्पियन्स लिगको क्वाटरफाइनलको खेलमा उनले नै विजयी गोल गरेका थिए ।




