स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको एट्लेटिकोले जित निकाल्दै उपाधि यात्रा बलियो बनाएको छ। घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोले रेलिगेसन जोनको एइवरमाथि ५(० को जित निकालेको हो।
एट्लेटिकोको फराकिलो जितमा एन्जल कोरेरा र मार्कोस लोरेन्टेले समान दुई गोल गर्दा यान्निक कारास्को एक गोल गरे। ४२औं मिनेटमा कोरेराले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। ४४औं मिनेटमा कोरेराले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २(० को अग्रता दिलाए।
खेलको ४९औं मिनेटमा कारास्कोले गोल गरेसँगै एट्लेटिको ३(० को सहज जिततर्फ उन्मुख भयो। ५४औं मिनेटमा लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई ४(० को अग्रता दिलाए। ६८औं मिनेटमा लोरेन्टेले व्यक्तिगत दोेस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै एट्लेटिकोलाई ५(० को फराकिला जित दिलाए। हारसँगै एइवर ३१ खेलबाट २३ अंक जोडेर पुछारमा रहेको छ।




