इंग्लिश प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले साउथ ह्याम्पटनलाई पराजित गर्दै एफ ए कपको फाइनलमा प्रवेश गरेको छ।
वेम्बले स्टेडियम लन्डनमा गए राति भएको खेलमा साउथह्याम्पटन लेस्टर सँग ०।१ गोलले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लेस्टरले दोस्रो हाफको ५५ औं मिनेटमा स्ट्राइकर केलेचि इहिनाचोले गरेको गोलले अग्रता लिएको थियो।
अब लेस्टरले प्रिमियर लिगको ५ औं स्थानमा रहेको लन्डन क्लब चेल्सी सँग फाइनल खेल खेल्ने छ।
पहिलो सेमी फाइनलमा चेल्सीले प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनल सम्मको यात्रा तय गरेको हो।
अब लेस्टर सिटी र चेल्सी बीचको एफ ए कपको फाइनल खेल आउँदो मे १५ तारिकमा खेलिदै छ।




