नेपालमा जापानी भाषा सिकाइरहेको जापानिज संस्था मेइकूले पोखरा महानगरलाई ३५ हजार थान ‘डिस्पोजेबल’ मास्क सहयोग गरेको छ । आइतबार पोखरा महानगरमा एक कार्यक्रम आयोजना गरी संस्थाका अध्यक्ष योगो आदाचीले नगर प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई मास्क हस्तान्तरण गरेका हुन् ।
मास्क हस्तान्तरण कार्यक्रममा मेयर जिसीले जापान र पोखराको सम्बन्ध अटूट रहेको र अझै सौहार्दपूर्ण तरिकाले अघि बढाउने चाहना भएको सुनाए । उनले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना सबैले एकआपसमा सहयोग गरे न्यूनीकरण गर्न सकिने बताए ।




