युरोपियन सुपर लिगको विवाद बढेपछि यूइएफएको कार्यकारी कमिटीका सदस्य जेस्पर मोलरले रियल मड्रिड, चेल्सी र म्यानचेस्टर सिटीले ईएसएल खेल गराउने मनसाय त्याग नगरे उनीहरुले यसपटकको च्याम्पियन्स लिग खेल्न पाउने र पीएसजी स्वतः विजेता घोषित हुने बताए।
हालै फुटुबल क्लब रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहितका १२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग ईएसएल हुने घोषणा भएको थियो।




