बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘भुज : प्राइड अफ इन्डिया’ को प्रदर्शनमा ढिलाइ भइरहेको छ । यो फिल्मलाई यसपालीको आइपिएलको समयमा ओटीटी प्लेटफर्म हटस्टारमा रिलिज गर्ने तयारी गरिएको थियो । यसका लागि हटस्टारले अजयसँग एक प्रमोसनल एड पनि बनाएको थियो । तर, अहिलेसम्म यो फिल्मको पोस्ट प्रोडक्सनको काम नै सकिएको छैन ।
अब फिल्मलाई इदमा रिलिज गर्ने तयारीमा हटस्टार छ । ‘भुज’ लाई इदमा रिलिज गर्न लाग्नुको कारण यो फेस्टिवलमा ‘राधे’ र ‘सत्यमेव जयते २’ हलमा रिलिज हुने सम्भावना न्यून छ । यी दुई फिल्मको रिलिज रोकिए ‘भुज’ ले दर्शक लोभ्याउन सफल हुने विश्वास हटस्टारको छ । अभिषेक दुधैयाको निर्देशनमा बनेको फिल्ममा सञ्जय दत्त र सोनाक्षी सिन्हाको पनि मुख्य भूमिका छ ।




