युरोपेली सुपर लिगका संस्थापक १२ क्लबमध्ये ६ वटा इंलिस क्लबले यस लिगमा सहभागी नहुने जनाएका छन् । आइतबार सुपर लिगको घोषणा भएसँगै विश्वभर फुटबल समर्थकहरुले विरोध जनाएका थिए । त्यसयता, म्यानचेस्टर सिटी र चेल्सीले सबैभन्दा पहिले यस लिगबाट नाम फिर्ता लिए । त्यसपछि म्यानचेस्टर युनाइटेड, आर्सनल, लिभरपुल र टोट्टेनह्यामले पनि त्यही बाटो पछ्याए ।
सिटीले नै सबैभन्दा पहिले सुपर लिग छाड्ने घोषणा ग¥यो । आर्सनलले आफ्ना समर्थकसँग माफी मागेको छ । ‘तपाईहरु र बृहत्तर फुटबल समुदायको आवाज सुन्दाको परिणामस्वरुप हामीले प्रस्तावित लिगबाट नाम फिर्ता लिएका छौं । हामीले गल्ती गरेका छौं र माफी चाहन्छौं,’
आर्सनलको ट्वीटरमा उल्लेख छ । म्यानचेस्टर युनाइटेडले पनि यस्तैखाले भाव व्यक्त गरेको छ । टोट्टेनह्यामका अध्यक्ष डेनियल लेभीले पनि सुपर लिगमा सहभागी हुने आफ्नो निर्णयप्रति पछुतो व्यक्त गर्दै माफी मागेका छन् । लिभरपुलले पनि आफ्ना फ्यानहरुलाई सुपर लिगसँगको आफ्नो सम्पर्क सकिएको जनाएको छ ।
इंलिस क्लबहरुको बहिगर्मनपछि अब सुपर लिगमा केवल ६ वटा क्लबमात्रै बाँकी छन् । स्पेनबाट एथलेटिको म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिड तथा इटलीबाट एसी मिलान, इन्टर मिलान र युुभेन्टस्मात्रै अब सुपर लिगमा छन् । जबकी, यो लिगमा कुल २० वटा क्लबलाई समावेश गर्ने योजना बनाइएको छ । त्यसमध्ये १५ वटा क्लब संस्थापक सदस्य हुने र बाँकी ५ वटा क्लबहरु छनोट खेलेर आउने फर्म्याट तय भएको थियो ।
६ वटा इंलिस क्लबले यस लिगमा सहभागी नहुने
६ वटा इंलिस क्लबले यस लिगमा सहभागी नहुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




