• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

  •  संवाददाता
  • बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement

    विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ ।
    विश्वभर कोरोना भाइरसको महामारी फैलिए पनि हलेसीमा लागेको मेलामा बिनास्वास्थ्य मापदण्ड भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ । हप्ता दिनअघि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए ।
    कोरोना कहरकै कारण विसं २०७६ चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएसँगै यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले भरिभराउ भएका छन् ।
    कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर मङ्सिरमा खुला गरिएको थियो । पूजाआजा गर्न आउने भक्तजनको पूजापाठ नरोकिने गरी मुख्य गुफा ९महादेव–पार्वती थान० र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि खुला गरिएको हो ।

    अधिकांश दर्शनार्थीले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ । राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमै हलेसी पर्ने तथा उक्त सडकखण्ड कालोपत्र गरिएका कारण पनि अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारी साधन लिएर हलेसी आउने गरेका हुन् ।

    कोरोना कहरका बीच हलेसीमा लाग्ने मेला अवधिभर स्वास्थ्य मापदण्ड पालना गराउन तथा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । “हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ”, उनले भने “विश्वभर फैलिएको कोरोना भाइरस जिल्लामा पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर मेला तथा पूजाआजा गर्ने स्थानमा हुने भीडभाडलाई सुरक्षाकर्मी व्यवस्थित गरिरहेका छन् ।”

    त्रिधार्मिकधाम हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिव–पार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू रहेका छन् । प्राकृतिक भूबनोटका हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा, महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।
    ax
    हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गर्छ । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

    पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसीक्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसीक्यामेरा जडान गरिएको हो ।

    यसैबीच रामनवमीको अवसरमा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोटलगायतमा समेत ठूलो मेला लागेको छ । त्रिधार्मिकधाम हलेसीबाहेक अन्य ठाउँमा एक दिन मात्र मेला लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.