एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् ।
बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराइमा डुबेको अनुमान गरिएको छ । रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराइमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ ।
इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र
इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




