इटालियन सिरिए फुटबल प्रतियोगितामा छैटौं स्थानको लाजियोले एसी मिलानलाई ३–० ले हराएको छ । यस हारपछि मिलान पाँचौ स्थानमै सिमित भयो । लाजियोबाट जोआक्विन कोर्रियाले २ तथा सिरो इम्मोबिलले दुई गोल गरे ।
३३ खेलबाट ७९ अंक बटुलेको इन्टर मिलान सिरिए एको उपाधि नजिक पुगिसकेको छ । दोस्रो स्थानमा ६८ अंकसहित एटलान्टा छ । तेस्रो स्थानको नपोली, चौथो स्थानको युभेन्टस् र पाँचौ स्थानको मिलानको समान ६६ अंक छ । यदी, लाजियोविरुद्ध जित निकाल्न सकेको भए मिलान सोझै दोस्रो स्थानमा पुग्ने थियो ।
पराजित भएपछि मिलान पाँचौ स्थानमै सीमित
पराजित भएपछि मिलान पाँचौ स्थानमै सीमित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




