पोखरा ( आज मंगलवार मात्र पोखरामा साढे तीन महिने बालिका सहित ९७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज पोखरामा ९७ सहित गण्डकी प्रदेश भरी ११३ जनामा कोरोना पुष्टि भएको हो ।
यसगरी अन्य जिल्लाहरुमा नवलपरासी पुर्वमा तीन जना ,बागलुङमा चार जना , लमजुङ र म्याग्दीमा एक एक जना , पर्वत र स्याङ्जामा दुई दुई जना र तनहुँमा तीन जनामा कोरोना पुश्टि भएको हो ।




