सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते पक्राउ गरेको थियो । मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।
छोरी हत्या आरोपितलाई जन्मकैद
छोरी हत्या आरोपितलाई जन्मकैद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




