दिल्लीबाट हङकङका लागि उडेको विमानका५२ यात्री कोरोनाद्वारा संक्रमित भेटिएका छन् । यहाँ महत्त्वपूर्ण कुरा के छ भने विमानमा यात्रा गर्नुअघि प्रत्येक यात्रीले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएका थिए । भारतीय एयरलाइन्स भिस्ताराद्वारा सञ्चालित विमानमा गत अप्रिल ४ मा यात्रा गरिरहेका ५२ यात्रीमा कोरोनाको संक्रमण देखिएको हो ।
यो विमानभित्र भेटिएका कोरोना संक्रमितभन्दा पूरा हङ्गकङभर दैनिक भेटिने गरेका संक्रमितको संख्या कम छ । हङ्गकङले जनवरीमा कोरोनाको चौथो लहरमाथि नियन्त्रण पाएको थियो । यता भारतमा भने दैनिक २८ सय बढीको मृत्यु भइरहेको छ । त्यहाँको स्वास्थ्य प्रणाली पनि धराशयी बनेको छ ।
दिल्लीबाट हङकङ पुगेको एउटै विमानका ५२ जना कोरोना संक्रमित, सबैले देखाएका थिए नेगेटिभ रिपोर्ट
दिल्लीबाट हङकङ पुगेको एउटै विमानका ५२ जना कोरोना संक्रमित, सबैले देखाएका थिए नेगेटिभ रिपोर्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




