पोखरा ( बिहिवार पोखरामा ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगर भित्रका विभिन्न वडाहरुमा संक्रमितहरु कन्ट्याक ट्रेसिङमा पहिचान भएका हुन ।
जसमा वडा न १८ मा २ वर्षिय बालक र वडा न ४ का ५ वर्षिय बालक रहेका छन। यसै गरी नवल परासी पुर्वका देवचुली कावासोती , मध्यबिन्दु नगरपालिका गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।
यसै गरी स्याङ्जाको हरिनास पुतलीबजार ४ जना , म्याग्दीमा मगलामा १ ,पर्वत फलेवास १ , गोरखामा १ ,लमजुङ बेशिशहरमा २ जना, बागलुङको गलकोट र बागलुङ नगरपालिकामा ४ जना र तनहुँ शुक्ला गण्डकी र भिमादमा ६ जना गरी गण्डकी प्रदेश भर बिहिबार मात्र ११२ जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै गण्डकी प्रदेश भरी कोरोना संक्रमितको सङ्ख्या १८३७१ पुगेको छ । आज मात्रै पोखरामा दुई जना कोरोना संक्रमितको निधन भएको छ ।




