जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख २१ गते विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठक पश्चात् जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको समय थप गरेको जनाएको छ ।
यसअघि बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन भएका खाद्यान्न तथा किराना पसलहरु अबदेखि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र पाइने भएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्रबैंकको निर्देशन अनुसार सञ्चालन हुने, पत्रकारहरुले सूचना विभाग तथा नेपाल पत्रकार महासंघको परिचय पत्रवाहकलाई छुट दिने र अत्यावश्यक सबै सवारीलाई सञ्चालन गर्न दिइने भएको छ ।




