त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा विराटनगर सिटीले चितवनमाथि दुई–शून्यको जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्रामक खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थिए । त्यसपछि ८९ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । १० मिनेट इन्ज्युरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।
चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी
चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




