विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार पत्रकार महासंघ कास्कीमा आवद्ध पत्रकारहरुलाई सेनिटाइजर र माक्स वितरण गरिएको हो।
दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण अग्रपंत्तिमा रहेर काम गर्ने पत्रकारहरुले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले पत्रकारको सुरक्षाको लागि सेनिटाइजर र मास्क करिब २ सय पत्रकारलाई दिइएको थियो। भने नविकरण गरिएका परिचयपत्र १ सय १८ जना पत्रकारलाई वितरण गरिएको छ।




