स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज मात्र पोखरामा १८० नया संक्रमित थपिएका छन् । आज १ बजे अघि आएको रिपोर्टमा यति ठुलो संख्यामा संक्रमण पुष्टि भएको हो । आज रिपोर्ट आएका संक्रमितहरु वडा १ देखि ३३ सम्म कै छन् ।
सबैभन्दा धेरै संक्रमित वडा नम्बर ८ मा फैलिएको छ भने १०, १७ , ५, ४ लगायतका वडामा पनि धेरैमा संक्रमण पुष्टी भएको छ ।
सबै वडामा नयाँ भेरियन्ट पुगिसकेकाले सजक हुन र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ ।




