स्यान्ग्जा फेदिखोला घर भई हाल जापानमा कार्यरत गोदार उपकार थापाले आफ्नो जन्न्मेको ठांउमा “No Child should be Left Behind “भन्ने अभिप्रायले विध्यालयको मर्मत तथा निर्माणको कामहरू भईरहेको बताउछन।पर्वतारोही नोगुची केन ज्युले प्रतिनिधित्व गर्ने पिक एड फाउण्डेसन जापान तथा नोगुची केन फाउण्डेसन जापानको आर्थिक सहयोगमा श्री महेन्द्र जनसहयोग आधारभूत विधालय,फेदीखोला स्याङ्जाको मर्मत तथा निर्माणको कामहरू अन्तिम चरणमा रहेको छ।
वर्षौं पुरानो भवनहरु अत्यन्तै जिर्ण अवस्थामा भएकोले बारम्बार सरकारि निकायहरुसंग सहयोगको लागि अनुरोध गरेतापनि आश्वासनबाहेक कुनै किसिमको पहल नभएकोले बिदेशी निकायहरुसंग अनुरोध गर्नुपरेको बताउंछन।उक्त विधालयमा गरिब तथा दलित, आर्थिक अवस्था कमजोर भै विधालय जान नसक्ने गरि ६२ जना बिद्दार्थिहरु अध्ययनरत छन्। आगामि वर्षहरुमा अझै विध्धार्थी संख्या बढाउंदै जाने लक्ष्य राखिएको छ।
प्रत्येक वर्ष माउण्ट फुजि सरसफाइ कार्यक्रम, नेपाल तथा जापानका बाढि(पहिरो या भुक्ष्ययबाट प्रभावित ठाउंहरुमा पर्बतारोहि नोगुचि केन र उपकार मिलेर काम गर्ने शिलशिलामा सन २०१८ देखि हिमालि भेगहरुमा विधालय प्रोजेक्ट तथा स्कुल झोलाहरु ९जापानिज राण्दोसेल टाइप० वितरण जस्ता समाजसेवाका कामहरु गर्दै आइरहेका छन्।
अहिलेसम्मका सरकारी विधालयहरूभन्दा फरक, जापानीज शैलीमा शिक्षाको स्तरोत्तर गरी पढाईका साथमा गित संगीत या खेलकुद लगायतका अतिरिक्त कृयाकलापहरू पनि समावेश गर्ने उदे्श्यले प्रोफेसनल संगीतकार तथा अन्तरास्ट्यि खेलकुदविद्हरूसंग छलफल भईरहेको उपकार बताउंछन्। करांते हलको काम सम्पन्न भई बास्केटबल र भलिवल पोर्टको काम सुरू भईसकेको छ। 
जापानको युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा आर्थिक संकटले गर्दा ईच्छा हुदांहुदैं पनि अतिरिक्त कृयाकलापमा भाग लिन नसकि भेदभावका तीता अनुभवहरू भोग्नु परेकोले आफुभन्दा पछाडीका पिंढींहरूलाई पनि एउटै कष्टको सामना गर्नु नपरोस् भनेर यो पोर्जेक्ट स्थापना गरेको बताउंछन्। नेपाल गरीब देश भएकोले पैसा कमाउने हेतुले जापान आउने गर्दछन् भन्ने जापानीजहरूको हेराईको दृष्टिकोण नै परिवर्तन गर्न चाहेको उपकार बताउंछन्। नेपाली सबैलाई जापान जान सम्भव नहुने भएकोले आफुले सिकेका ज्ञान र सीपको उपयोग गरि नेपालमा नै लिटल जापान बनाउने सकेमा सयौं बालबालीकाहरूको भविष्य उज्वल हुने कुरामा पुर्ण विस्वास भएको बताउंछन्।




