पोखरा स् गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको को’रोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो।
यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई को’रोना संक्रमण पुष्टि भएको हो। मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि सं’क्रमित भएर ४ दिनदेखि एकान्तवास ९आइसोलेसन०मा छन्। मुख्यमन्त्री पनि अहिले आफ्नै निवासको एकान्तवास ९आइसोलेसन० मा छन्।
मुख्यमन्त्रीविरु’द्ध संसदमा पेस भएको अवि’श्वास प्रस्ताव छलफल गर्नुअघि सांसदहरु सबैको को’रोना परीक्षण भएको थियो। त्यसमध्ये सुरुमा ३ जनाको पोजेटिभ आएको थियो।




