प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि शनिबार प्रधामन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।
ओलीले आइतबार संवैधानिक प’रिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने नजाने बनाइएको छ ।
सं”वैधानिक परिषद सम्बन्धी अ’ध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर नि”र्णय गर्न सक्नेछन् ।




