बागलुङ ( छिमेकीको घरमा बिजुली वायरिङ गर्ने क्रममा छतवाट खुसी एक जनाको मृुत्यु भएको छ । बागलुङ जिल्लाको खर्बाङमा छिमेकी दीपु केसीको घरको छतबाट खुसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृुत्यु भएको हो ।
घरमा वायरिङ गर्ने क्रममा खुस्दा गम्भिर घाुइते भएका रानाको उपुचारको लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भैरहेका बेला ज्याुन गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमती सहित २ छोरा र १ छोरी रहेका छन् ।




