मदर्स डे’ को सुरुवात अमेरिकाबाट भएको हो । आमालाई सम्मानित गर्ने यो दिनको सुरुवातको आइडिया राम्रो लागेर होला अहिले विश्वमा यो दिन मनाउने गरिन्छ । बलिउडमा धेरै फिल्म निर्माण भएको छ ।
जसमा मातृत्व पाठ पढाइएको छ, आमाको शक्ति र ममता दर्साइएको छ । अहिले हामी बलिउडका केही फिल्मको चर्चा गर्दैछौ । जसमा आमाको प्रेम देखाइएको छ ।
मदर इन्डिया

मदर्स डेमा फिल्मको चर्चा गर्ने हो ‘मदर इन्डिया’ को नाम छुटाउन मिल्दैन । १९५७ मा बनेको फिल्म एक आमाले धेरै मुस्किलमा बच्चाको पालनपोषण गरेको विषयलाई कथा बनाइएको छ । बच्चाको पालनपोषणमा आमाले अनेक दुःख कष्टको सामना गरेको फिल्ममा देख्न सकिन्छ ।
निल बटे सन्नाटा.

यो पनि आमाको प्रेमको बिषयमा बनेको फिल्म हो । जुन आमा आफैं घरमा काम गर्दछिन् तर बच्चाको सपना पुरा गर्न हर कोसिसमा लाग्छिन् । फिल्ममा आमाको भूमिका स्वरा भास्करले निर्वाह गरेकी थिइन् ।




