इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड(१९ बाट निधन भएको छ ।
४६ वर्षिय जलानलाई कोभिड १९ बाट संक्रमण भएसँगै बिगत दुई सातादेखि ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचारत थिए ।
उनको आज बिहान करिब ८ बजे निधन भएको हो ।
उपचारकै क्रममा उनको निधन भएको कम्पनीका एक अधिकारीले जानकारी दिए । उनी अस्पतालमा सघन उपचार कक्षमा उपचाररत रहँदा नै निधन भएको हो ।




