यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ।
एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो। अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ। हाल भियतनाममा संक्रमण फैलिने दर २।४ छ भने नेपालमा १।६ छ। अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन्।
कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा। अर्चना श्रेष्ठले बताइन्। नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ।




