आजको दिनलाई मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने गर्दछन् । आज मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान, जसलाई इद–उल–फित्र पनि भन्ने गरिन्छ ।
इद पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशमार्फत आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् । ओलीले शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने बताएका छन् ।




