गण्डकी प्र्देशभर ९५९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । यो संगै कास्कीमा आज ४१७ जना कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएका कोरोना संक्रमितहरु मुस्ताङ्गको १ जना, म्याग्दी जिल्लाको २७ जना , पर्बत जिल्लाको ७४ जना,गोर्खाको ३५ जना , लम्जुङ्ग जिल्लाको ८ जना , तनहु जिल्लाको ११२ जना , कास्की जिल्लाको ४१७ जना , बाग्लुङ्ग जिल्लाको १२३ जना , स्याङजाका ८६ जना र नवलपरासी पूर्वका ७६ जना रहेका छन्।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०,००० पुगेको छ।
पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोना संक्रमण मुक्त ४२९ जना भएका छन्। येस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्मको २०३९८ जना रहेका छन्।
आज कास्कीमा विभिन्न अस्पतालमा उपचाररत ९ सं’क्रमितको मृ’त्यु भएको छ भने गण्डकी प्रदेशमा १५ सं’क्रमितको मृ’त्यु भएको छ।
गण्डकी प्रदेशले जारि गरेको विज्ञप्तिअनुसार मुस्ताङ्गका २ जना , पर्वतका १ जना ,तनहुका २ जना ,कास्कीका ३ जना ,बाग्लुङ्गका ४ जना ,स्याङजाका १ जना , नवलपरासी पूर्वका २ जना, संक्रमितको निधन भएको छ।
योसँगै प्रदेशभर को’रोनाबाट मृ’त्यु हुनेको संख्या ४२२ पुगेको छ ।




