मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा वि’घटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।
मन्त्री परिषद्को भर्खरै सम्पन्न बैठकले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वचनको मिति सार्वजनिक गरेको छ । राष्ट्रपतीद्वारा कसैले पनि विश्वासको मत पाउने आधार पेस गर्न नसकेको ले प्रधानमन्त्री नियुक्ति गर्न नमिलेको निर्णय सार्वजनिक गरे लगत्तै बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैको आधारमा राति १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।
उक्त बसेको बैठकले प्रतिनिधिसभाको निर्वाचनका लागि कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् ।




