• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हेलचेक्र्याइँका कारण नै म्याराडोनाको निधन भएको रिपोर्ट दोषी ठहरिएमा सात स्वास्थ्यकर्मीले आठ देखि २५ वर्षसम्म जेल सजाय हुन सक्ने

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement

    अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा स्वास्थ्यकर्मी नै दोषी पाइएको छ । गत २५ नोभेम्बरमा हर्टअट्याकका कारण म्याराडोनाको घरमै निधन भएको थियो । ६० वर्षको उमेरमा म्याराडोनाको निधन हुनु दुई साताअघि मात्र उनको मस्तिष्कको शल्यक्रिया भएको थियो । घरमै सात निजी स्वास्थ्यकर्मीको रेखदेखमै उनको उपचार भइरहेको थियो । म्याराडोनाको हेरचाहमा स्वास्थ्यकर्मीले हेलचेक्र्याइँ गरेको अर्जेन्टिनाबाट प्रकाशित हुने पत्रिका एड्रिएना ग्रासियाले शुक्रबार सार्वजनिक गरेको छ ।

    म्याराडोनाको उपचारमा एक मनोवैज्ञानिक, दुई नर्स, दुई चिकित्सक तथा एक निजी डाक्टर संलग्न थिए । म्याराडोनाको निधनसँगै एक विशेषज्ञ चिकित्सकको अनुसन्धान टोली बनाइएको थियो । यसै टोलीले गत महिना हेलचेक्र्याइँका कारण नै म्याराडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो । अब सात स्वास्थ्यकर्मीमाथि मुद्दासमेत चलाइने भएको छ ।

    यदि अदालतमा दोषी ठहरिएमा सात स्वास्थ्यकर्मीले आठ देखि २५ वर्षसम्म जेल सजाय पाउनेछन् । अनुसन्धान टोलीको रिपोर्टअनुसार म्याराडोनाको निधन हुनु १२ घन्टाअगाडि नै उनको स्वास्थ्यमा समस्या आइसकेको थियो । ‘दिमागको शल्यक्रिया भएपछि म्याराडोनालाई सात चिकित्सकहरूले घरमै उपचार गरेका थिए तर उनीहरूले म्याराडोनाको उपचारमा राम्रोसँग हेरचाह गरेको देखिएन, यद्यपि निधन हुनु १२ घन्टाअगाडि नै स्वास्थ्यमा गम्भीर समस्या आए पनि अस्पतालमा रिफर गरिएन,’ रिपोर्टमा भनिएको छ ।

    म्याराडोनाको उपचारमा गम्भीर लापबाही भएको अनुसन्धान टोलीले दाबी गरेको छ । मेडिकल बोर्डले म्याराडोना लामो समयदेखि नै कोकिन र लागुऔषधको लतमा रहेकाले त्यसअनुसार उपचार नभएको जनाएको छ । ‘लामो समयदेखि विभिन्न रोगबाट पीडित व्यक्तिलाई सामान्य रूपमा हेरचाह गरिएको देखिन्छ,’ मेडिकल बोर्डले भनेको छ ।

    म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि नर्ससम्मले घरमै हेरचाह गरेका थिए । यसैबीच अर्जेन्टिनी सरकारी वकिलले म्याराडोनाको चिकित्सक तथा नर्सिङ टोलीमाथि हत्या अभियोग दर्ता गरेको छ । म्याराडोनाका निजी चिकित्सक लियोपाल्डो ल्युक, मनोचिकित्सक अगुस्टिना कासाचोभ र नर्सहरूमाथि हत्याको अभियोग लगाइएको एड्रिएना ग्रासिया पत्रिकाले उल्लेख गरेको छ ।

    अर्कोतिर चिकित्सक तथा मेडिकल स्टाफहरूको गैरकानुनी संलग्नता छ वा छैन भनी पनि अनुसन्धान भइरहेको छ । यद्यपि अहिलेसम्म यस सम्बन्धमा कुनै पनि ठोस प्रमाण नभेटिएको अर्जेन्टिनी मिडिया एन्ड्रिएना ग्रासियाले जनाएको छ । अनुसन्धान टोलीले आफ्नो छानबिनको क्रममा म्याराडोनाका निजी डाक्टर ल्युक र मनोचिकित्क अगस्टिनाको घरमा छापा मारेको थियो ।

    अर्जेन्टिनी सरकारी वकिलहरूले मुद्दा दर्ता गरेपछि सातजना प्रतिवादीले देश छाड्न नपाउने भएका छन् । मे महिनाको अन्तिममा उनीहरूले आफ्नो सफाइ दिनुपर्नेछ । २५ नोभेम्बरमा म्याराडोनाको निधनपछि नै उनका समर्थकहरूले यस्तो भनेका थिए, ‘म्याराडोनाले कैयौँपटक मृत्युमाथि जित प्राप्त गरेका थिए, यसपटक उनको अचानक निधन भयो, हामीलाई आशंका छ, चिकित्सकहरूले नै उनको हत्या गरेका हुन् ।’

    अर्जेन्टिनी भाषामा म्याराडोनालाई ‘एल पिवे डे ओरो’ अर्थात् गोल्डेन ब्वाईको उपाधि दिइएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रमुख प्रशिक्षकसमेत रहेका म्याराडोना आफ्नो समयकै एक महान् खेलाडी थिए । अधिकांश फुटबल समर्थकले सन् १९८६ को मेक्सिकोमा आयोजना भएको विश्वकप फुटबल कसैले भुल्न सक्दैनन् । यस विश्वकपमै म्याराडोनाले जादूमयी तरिकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए ।

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.