• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

हेलचेक्र्याइँका कारण नै म्याराडोनाको निधन भएको रिपोर्ट दोषी ठहरिएमा सात स्वास्थ्यकर्मीले आठ देखि २५ वर्षसम्म जेल सजाय हुन सक्ने

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement

    अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा स्वास्थ्यकर्मी नै दोषी पाइएको छ । गत २५ नोभेम्बरमा हर्टअट्याकका कारण म्याराडोनाको घरमै निधन भएको थियो । ६० वर्षको उमेरमा म्याराडोनाको निधन हुनु दुई साताअघि मात्र उनको मस्तिष्कको शल्यक्रिया भएको थियो । घरमै सात निजी स्वास्थ्यकर्मीको रेखदेखमै उनको उपचार भइरहेको थियो । म्याराडोनाको हेरचाहमा स्वास्थ्यकर्मीले हेलचेक्र्याइँ गरेको अर्जेन्टिनाबाट प्रकाशित हुने पत्रिका एड्रिएना ग्रासियाले शुक्रबार सार्वजनिक गरेको छ ।

    म्याराडोनाको उपचारमा एक मनोवैज्ञानिक, दुई नर्स, दुई चिकित्सक तथा एक निजी डाक्टर संलग्न थिए । म्याराडोनाको निधनसँगै एक विशेषज्ञ चिकित्सकको अनुसन्धान टोली बनाइएको थियो । यसै टोलीले गत महिना हेलचेक्र्याइँका कारण नै म्याराडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो । अब सात स्वास्थ्यकर्मीमाथि मुद्दासमेत चलाइने भएको छ ।

    यदि अदालतमा दोषी ठहरिएमा सात स्वास्थ्यकर्मीले आठ देखि २५ वर्षसम्म जेल सजाय पाउनेछन् । अनुसन्धान टोलीको रिपोर्टअनुसार म्याराडोनाको निधन हुनु १२ घन्टाअगाडि नै उनको स्वास्थ्यमा समस्या आइसकेको थियो । ‘दिमागको शल्यक्रिया भएपछि म्याराडोनालाई सात चिकित्सकहरूले घरमै उपचार गरेका थिए तर उनीहरूले म्याराडोनाको उपचारमा राम्रोसँग हेरचाह गरेको देखिएन, यद्यपि निधन हुनु १२ घन्टाअगाडि नै स्वास्थ्यमा गम्भीर समस्या आए पनि अस्पतालमा रिफर गरिएन,’ रिपोर्टमा भनिएको छ ।

    म्याराडोनाको उपचारमा गम्भीर लापबाही भएको अनुसन्धान टोलीले दाबी गरेको छ । मेडिकल बोर्डले म्याराडोना लामो समयदेखि नै कोकिन र लागुऔषधको लतमा रहेकाले त्यसअनुसार उपचार नभएको जनाएको छ । ‘लामो समयदेखि विभिन्न रोगबाट पीडित व्यक्तिलाई सामान्य रूपमा हेरचाह गरिएको देखिन्छ,’ मेडिकल बोर्डले भनेको छ ।

    म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि नर्ससम्मले घरमै हेरचाह गरेका थिए । यसैबीच अर्जेन्टिनी सरकारी वकिलले म्याराडोनाको चिकित्सक तथा नर्सिङ टोलीमाथि हत्या अभियोग दर्ता गरेको छ । म्याराडोनाका निजी चिकित्सक लियोपाल्डो ल्युक, मनोचिकित्सक अगुस्टिना कासाचोभ र नर्सहरूमाथि हत्याको अभियोग लगाइएको एड्रिएना ग्रासिया पत्रिकाले उल्लेख गरेको छ ।

    अर्कोतिर चिकित्सक तथा मेडिकल स्टाफहरूको गैरकानुनी संलग्नता छ वा छैन भनी पनि अनुसन्धान भइरहेको छ । यद्यपि अहिलेसम्म यस सम्बन्धमा कुनै पनि ठोस प्रमाण नभेटिएको अर्जेन्टिनी मिडिया एन्ड्रिएना ग्रासियाले जनाएको छ । अनुसन्धान टोलीले आफ्नो छानबिनको क्रममा म्याराडोनाका निजी डाक्टर ल्युक र मनोचिकित्क अगस्टिनाको घरमा छापा मारेको थियो ।

    अर्जेन्टिनी सरकारी वकिलहरूले मुद्दा दर्ता गरेपछि सातजना प्रतिवादीले देश छाड्न नपाउने भएका छन् । मे महिनाको अन्तिममा उनीहरूले आफ्नो सफाइ दिनुपर्नेछ । २५ नोभेम्बरमा म्याराडोनाको निधनपछि नै उनका समर्थकहरूले यस्तो भनेका थिए, ‘म्याराडोनाले कैयौँपटक मृत्युमाथि जित प्राप्त गरेका थिए, यसपटक उनको अचानक निधन भयो, हामीलाई आशंका छ, चिकित्सकहरूले नै उनको हत्या गरेका हुन् ।’

    अर्जेन्टिनी भाषामा म्याराडोनालाई ‘एल पिवे डे ओरो’ अर्थात् गोल्डेन ब्वाईको उपाधि दिइएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रमुख प्रशिक्षकसमेत रहेका म्याराडोना आफ्नो समयकै एक महान् खेलाडी थिए । अधिकांश फुटबल समर्थकले सन् १९८६ को मेक्सिकोमा आयोजना भएको विश्वकप फुटबल कसैले भुल्न सक्दैनन् । यस विश्वकपमै म्याराडोनाले जादूमयी तरिकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए ।

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.