मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघ’टन गरी मध्यावधि चुनाब घो’षणा गरिएपछि यसको चौतर्फी बि’रोध भएको छ। यस्तै अवस्थामा राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक बे’पत्ता भएका छन्।
राष्ट्रपति कार्यालयको वेबसाइट जततउकस्ररउचभकष्मभलत।नयख।लउर मा अपलोड भएका प्रतिनिधि सभा वि’घटन र नयाँ निर्वाचनको मिति तोकिए’कोबारे लगायतका विज्ञप्ति वेबसाइटबाट बे’पत्ता भएका हुन्।
वेबसाइटमा शनिबार राति १स् ४८ अपलोड भएको प्रतिनिधि सभा वि’घटन गरी अर्को प्रतिनिधि सभाको मिति तो’केको र त्यही रात ११स्३८ मा अपलोड भएको प्रधानमन्त्री नियु’क्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे सर्वत्र चासो बढेको छ ।
उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रि’क्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तो’केको सूचना अपलोड भएको थियो। बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अप’लोड भएका थिए।
यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।
‘जेठमा राखेका सबै सूचना हराएका छन्। हामीले वेबसाइट डेभ्लपर्सलाई नै हेर्न भनेका छौं,’ उनले भने,‘जानी(जानी हटाएको होइन।’
समाचारस्रोत सेतोपाटी डट कम




